वीरगन्ज :

सरकारद्वारा सुरेश रजक र सविन महर्जनका परिवारलाई १०–१० लाख राहत

श्रेणी : अर्थ

6 hours
Pradeep Sah
2.2kViews
1014 Shares

वीरगन्ज,१० बैशााख । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०-१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *