वीरगन्ज :

देउवा समूहद्वारा मधेसका पाँच जिल्लाको संयोजक तोकियो

श्रेणी : प्रदेश

10 minutes
Pradeep Sah
1.9kViews
1229 Shares

काठमाडौं,१२ असोज । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मधेस प्रदेशका पाँच जिल्लामा संयोजक तोकेको छ।

समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५औँ महाधिवेशन आयोजक समितिको संयोजक बनाएर समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेको छ। यसअघि विभिन्न प्रदेशका ५५ जिल्लामा संयोजक तोकिसकेको समूहले मधेसका पाँच जिल्लाको जिम्मेवारीसमेत तोकेको हो।

समूहको सम्पर्क कार्यालयका अनुसार डा. कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।

देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। समूहले तोकेका जिल्ला संयोजकलाई सम्बन्धित जिल्लामा महाधिवेशनको तयारी तथा संगठनसम्बन्धी काम अघि बढाउने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *