वीरगन्ज :

अन्तर्राष्ट्रिय थाहा पाउने दिवसमा कलैयामा प्रभातफेरी

श्रेणी : मधेस

9 minutes
Pradeep Sah
1.9kViews
1313 Shares

बीरगंज,१२ असोज । अन्तर्राष्ट्रिय थाहा पाउने दिवसको अवसरमा बाराको कलैयामा प्रभातफेरी निकालिएको छ।

सूचनाको हकका लागि महासंघ, बाराको आयोजनामा सोमबार निकालिएको प्रभातफेरीमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रभातफेरीको नेतृत्व महासंघ बाराका अध्यक्ष निरञ्जनकुमार साहले गरेका थिए।

प्रभातफेरीमा सहभागीहरूले ‘पारदर्शिता र जवाफदेहिताको आधार, सूचनाको हक’, ‘सूचना हाम्रो अधिकार’, ‘सुशासन र विकासको आधार, सूचना’, ‘सूचना पाउनु हाम्रो अधिकार, नपाएमा खोजौँ उपचार’ र ‘खुला सूचना, जवाफदेही सुशासन’ लगायतका नारासहित कलैया बजार परिक्रमा गरेका थिए।

प्रभातफेरीपछि भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष बागचनले प्रत्येक नागरिकले सूचनाको हक प्रयोग गर्दै सार्वजनिक निकायसँग आफूलाई आवश्यक सूचना माग गर्नुपर्ने बताए।

उनले सार्वजनिक निकायका सूचना अधिकारीलाई पनि नागरिकले माग गरेको सूचना सहज रूपमा उपलब्ध गराउन आग्रह गरे। बारामा सूचनाको हकको प्रवर्द्धन आवश्यक रहेको भन्दै उनले सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुने बताए।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय सदस्य सन्तोष पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश सदस्य साजिर मंसुर, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव, पत्रकार उपेन्द्र ठाकुर, महिला अधिकारकर्मी किस्मती देवी राम, अभियन्ता हिरामती कुशवाहा, जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेय, सौरभ चौगाईलगायत पत्रकार, विद्यार्थी तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *