वीरगन्ज :

कवाड व्यवसायीले गरे बालेनविरुद्ध प्रदर्शन

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.0kViews
1427 Shares

काठमाडाैं,१४ पुस । कवाड व्यवसायीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन गरेका छन्।

कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन्। महानगरपालिकाले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै उनीहरूले महानगर प्रमुख शाहविरुद्ध नाराबाजी तथा प्लेकार्ड प्रदर्शन पनि गरेका थिए।

काठमाडौँ महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे। अदालतते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको पालना नगरेको उनीहरूको आरोप थियो।

विरोधका क्रममा उनीहरूले सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *