वीरगंज,१२ असाेज । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउन लागिएको रु. १३ लाख ३८ हजार बराबरको मोबाइल पार्ट्ससहित मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाबाट खटिएको टोलीले शनिबार भारतबाट मोटरसाइकलमा राखेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद मोबाइल पार्ट्स र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया