काठमाडौं,१२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो। उनलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म औपचारिक जानकारी दिएको छैन।
प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्। उनीमाथि यसअघि पनि विभिन्न साइबर कसुरसम्बन्धी आरोपमा प्रहरीले अनुसन्धान गर्दै आएको थियो।

प्रतिक्रिया