वीरगन्ज :

अनसन बस्न खोज्दा उपप्राध्यापक प्रेम चलाउने पक्राउ

श्रेणी : समाचार

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेपछि जिल्ला अदालत काठमाडौंमा आमरण अनशन बस्न खोजेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । असनस बस्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तीन वर्षअघि चलाउनेलाई नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । आक्रमणमा संलग्नविरुद्ध उनले ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । मुद्दाको अन्तिम पेसीको दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । मुद्दाको अन्तिम पेसी ५ असारलाई तोकिएको थियो ।

मन्त्रिपरिषद्ले गरेको मुद्दा फिर्ता लिने निर्णय आइतबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा दर्ता भएको छ । उपप्राध्यापक चलाउनेमाथि आक्रमणको आरोपमा नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *