वीरगन्ज :

माघ महिनामा बैंकको निक्षेपमा सुधार

श्रेणी : अर्थ

2 years
birgunj report
32Views
0 Shares

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन २५ अर्बले बढेको हो ।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप आठ अर्बले घटेर ४७ खर्ब आठ अर्ब पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, तेस्रो साता तीन अर्ब र चौथो सातामा चार अर्बले बढेको थियो । माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्बले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब पुगेको हो ।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए । पुस महिनाको तुलनामा माघ महिनामा १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ । माघमा बैंकहरूले १२ अर्ब कर्जा बढाएर ४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा ४२ खर्ब ८७ अर्ब रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *