वीरगन्ज :

सापटी दिएको पैसा फिर्ता नपाएपछि साथीको हत्या, आरोपी पक्राउ

श्रेणी : BANNER

8 hours
Pradeep Sah
1.6kViews
1044 Shares

चितवन, २९ वैशाख । सापटी दिएको रकम फिर्ता नपाएपछि उत्पन्न विवाद चर्किँदा चितवनमा एक युवकको हत्या भएको खुलेको छ। घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कसपमा काम गर्ने ३० वर्षीय आशिष खनालको हत्या आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट–१७ का कृष्णबहादुर खड्का र स्याङ्जाको जगतभञ्ज्याङ घर भई हाल पोखरामा बस्दै आएका सम्राट गुरुङ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार वैशाख २२ गते राति भएको घटनापछि फरार रहेका उनीहरूलाई आइतबार पोखराको एक होटलबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मृतक आशिष र कृष्णबहादुरबीच लामो समयदेखि चिनजान र मित्रता थियो। केही महिनाअघि उनीहरूले सँगै काम गर्ने क्रममा आर्थिक लेनदेन भएको र सोही विषयबाट विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले दिएको जानकारीअनुसार आशिषले सापटी लिएको रकम फिर्ता नगरेपछि कृष्णले उनको मोबाइल आफ्नो नियन्त्रणमा राखेका थिए। पछि मोबाइल फिर्ता माग्ने विषयमा विवाद बढ्दै गएको र अन्ततः घटना हत्या सम्म पुगेको देखिएको छ।

प्रहरीका अनुसार घटनाको समयमा कृष्णबहादुर मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। पक्राउ परेका अर्का आरोपी सम्राट गुरुङले मुख्य आरोपीलाई लुक्न सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *