वीरगन्ज :

प्रभु साहद्धारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.8kViews
1991 Shares

काठमाडौं, ७ चैत्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले प्रतिनिधिसभामा हुने ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्।

सांसद साहले यसअघि सोधेका प्रश्नहरूको प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै यो कार्यक्रम औचित्यहीन भएको टिप्पणी गरेका छन्। बिहीबारको बैठकमा उनले कार्यसूचीबाट नै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै माग पूरा नभए बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

तर, संसद्ले उनको माग सम्बोधन नगरेपछि साह बैठकबाट बाहिरिएका छन्। ‘मैले बैठक बहिष्कार गरेर निस्किएको छु,’ उनले अनलाइनखबरसँग प्रतिक्रिया दिँदै भने ।

साहले प्रधानमन्त्रीबाट जवाफ नआउनु संसद् र सभामुखको गरिमामै प्रश्न उठाउने विषय भएको बताएका छन्। यसअघि पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले उठाएका मुद्दामा स्पष्ट उत्तर नआएको गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *