वीरगन्ज :

पेस्की रकमको विवादले विद्यालयमा कुटाकुट, प्रधानाध्यापक र शिक्षकबीच तनाव

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.5kViews
1759 Shares

जनकपुर,२७ माघ । कमला नगरपालिका–२ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच पेस्की रकमको विषयमा विवाद चर्किँदा हातहालाहाल भएको छ।

प्रधानाध्यापक जगरनाथ यादवले शिक्षक रोहित यादवलाई मागेको ५० हजारको साटो २५ हजार मात्र दिन सक्ने बताएपछि विवाद सुरु भएको थियो। दुबै पक्षबीच वादविवाद चर्किँदै गएपछि कुटाकुट भएको बताइन्छ।

विद्यालयमा उत्पन्न तनावका कारण पठनपाठन प्रभावित भएको थियो। नगर प्रमुख विश्वेश्वर यादवले घटनाबारे जानकारी पाएपछि वडाध्यक्ष ठक्कु यादवलाई स्थलगत अनुगमनका लागि पठाएका थिए।

वडाध्यक्ष यादवका अनुसार, शिक्षक रोहित यादवले आफ्ना बुवाको निधनपछि पेस्की मागेका थिए। विवाद समाधान गर्न पहल गरिएको र विद्यालयमा शान्ति पुनः कायम भएको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *