वीरगन्ज :

सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

श्रेणी : BANNER

14 hours
Pradeep Sah
2.7kViews
1675 Shares

वीरगन्ज,०६ जेठ । सशस्त्र प्रहरी बल नेपालका १५ जना इन्स्पेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको बुधबार बसेको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह तथा साधारण उपसमूहअन्तर्गत रिक्त रहेका डीएसपी पदहरूमा १५ जनालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ। सिफारिस सूची सार्वजनिक भएसँगै असन्तुष्ट उम्मेदवारहरूले नियमावलीको नियम ५५ अनुसार बढुवा उपरको उजुरी सुन्ने समितिमा सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *