वीरगन्ज :

पर्सामा २५ पोकामा छिपाइएको ३७० केजी गाँजा फेला

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.1kViews
1532 Shares

बीरगन्ज,०४ असार । पर्सा जिल्लामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले गएराति करिब ९:१० बजे विशेष सूचनाको आधारमा उक्त सफलता हासिल गरेको हो।

प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी सुकेको नहरको खाल्डो नजिक झाडीभित्र लुकाएर राखिएको अवस्थामा २५ वटा प्लास्टिकका पोका फेला पारिएको थियो। ती पोकाहरू जाँच गर्दा कुल ३७० किलोग्राम गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनामा संलग्न व्यक्तिहरू भने फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको छ। साथै, यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *