वीरगन्ज :

पत्रकारमाथि आक्रमण गर्ने वकिलमाथि कारबाहीको माग,जनकपुरमा प्रशासन कार्यालयको मूल गेटमै पत्रकारहरूले दिए धर्ना

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.8kViews
1885 Shares

बीरगन्ज,०१ भदौ । पत्रकारमाथि आक्रमणमा संलग्न वकिलहरूलाई कारबाहीको माग गर्दै पत्रकारहरूले आइतबार जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्। बिहान ११ बजेदेखि सुरु भएको धर्नामा सहभागीहरूले “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा प्रशासन कार्यालयको मूल गेटमै पत्रकारहरूले धर्ना दिएका हुन्।

गत साउन २७ गते गुठी संस्थानबाट पत्रकार महासंघ मधेस प्रदेशले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। घटनामा महासंघ प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

यस घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म उनीहरू पक्राउ नपरेको पत्रकार महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *