वीरगन्ज :

दलित पत्रकार संघकाे आयाेजनामा तिज विशेष कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.3kViews
1751 Shares

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा शनिबार वीरगंजमा तिज बेशेष कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित कलाशिक ब्याँकेटमा भएकाे कार्यक्रमका तिज पर्वकाे शुभकामना अदानप्रदान समेत गरिएकाे थियाे ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले तिजकाे माैलिकता जाेगाउनु पर्नेमा जाेड दिए । वक्ताहरुले तिज मनाउने आधुनिक शैलीमा परिवर्तन भएकाे वताउँदै माैलिकता र महत्व जाेगाउने गरि मनाउनु पर्ने वताए ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साको सदस्य एवं कार्यक्रम संयोजक संगीता दासको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजबादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, महिला अधिकारकर्मी निभा सिंह, बिरगंज महानगरपालिकाको कार्यपालिका सदस्य नितु राम, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, सल्लाहकार सुबाश राम लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन भने राष्ट्रिय दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेश बादलले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *