वीरगन्ज :

बीरगन्ज पलथैया औद्योगिक कोरिडोरमा म्याग्नस फार्माको नयाँ ‘इन्जेक्टेबल’ औषधि उत्पादन परियोजना

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.4kViews
1546 Shares

बीरगन्ज,२२ फागुन ।  बीरगन्जस्थित पलथैया औद्योगिक कोरिडोरमा संचालित म्याग्नस फार्माले आफ्नो मौजूदा उद्योगमा एक अर्ब रुपैयाँको थप लगानी गर्दै ‘इन्जेक्टेबल’ औषधि उत्पादन गर्ने योजना अघि बढाएको छ। कम्पनीले आगामी वैशाख महिनाबाट पूर्ण क्षमतामा नयाँ औषधिहरू उत्पादन गर्न थालेको छ।

कम्पनीका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केका अनुसार, म्याग्नस फार्माले हालै ‘इन्जेक्टेबल प्लान्ट’ स्थापना गरेको छ, जसबाट औषधिका भाइल र एम्पुल उत्पादनसहित आँखा, नाक र कानमा प्रयोग हुने ड्रपहरू पनि उत्पादन गरिनेछ। कम्पनीले यस नयाँ प्लान्टसँग एक सय भन्दा बढी औषधिहरू उत्पादन गर्न सक्ने क्षमता राख्ने जनाएको छ, यद्यपि हालसम्म २० प्रकारका औषधिको उत्पादन अनुमति प्राप्त भएको छ।

कम्पनीले हाल तीन सय ५० भन्दा बढी जनालाई प्रत्यक्ष रोजगारी दिएको छ र गत आर्थिक वर्षमा एक अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको थियो। चालु आवमा कम्पनीको लक्ष्य एक अर्ब ४० करोड रुपैयाँको कारोबार पुरा गर्नु रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *