वीरगन्ज :

जनमत पार्टीमा एकै दिन सय जना भन्दा बढी प्रवेश

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.0kViews
1745 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२१ ताजपुरमा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा एकाई समितिद्वारा आयोजित कार्यक्रममा एक जना भन्दा बढीले प्रबेश गरेकाे जनमत पार्टी पर्साले जनाएकाे छ ।

स्थानीय प्रभावसाली युवा नेता प्रदिप गुप्ता (कलवार) को नेतृत्वमा दरोगा साह, सिपिन साह, रामबाबु यादव लगायत एक सय भन्दा बढीले जनमत पार्टी प्रवेश गरेका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।

वडा एकाई कमिटीका अध्यक्ष बिष्णु कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र महिला नेत्री सिमा गुप्ताले नव प्रवेसीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा युवा दस्ताका जिल्ला संयोजक मनोज साह, युवा महानगर अध्यक्ष सन्जय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेष कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, युवा नेताहरू महादेव शर्मा, राहुल सरार्फ लगायतको उपस्तिथि रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *