वीरगन्ज :

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित तीन जनाविरुद्ध कानुनी कारबाही, विशेष अदालतमा मुद्दा

श्रेणी : अपराध

1 hour
Pradeep Sah
2.8kViews
1512 Shares

वीरगंज (पर्सा), २५ असार । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगे पाण्डेयसहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका–१० का महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगले उनीहरूविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको हो । नगरपालिकाका कर्मचारीले कागजात सच्याई अपाङ्गताको परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *