वीरगन्ज :

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
34Views
0 Shares

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *