
जनकपुर,२२ वैशाख । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टीका महासचिव चन्दन सिंहका अनुसार कांग्रेस नेतृत्वको सरकारले दलहरूसँग समन्वय नगरेको, विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको तथा नीति तथा कार्यक्रम कार्यान्वयनमा असफल भएको आरोप लगाउँदै समर्थन फिर्ता लिइएको हो।
मधेस सरकारमा अहिले कांग्रेस नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नेकपा सहभागी छन्। स्रोतका अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि चाँडै सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चर्चा छ।

जनमत र जसपा नेपाल दुवैले समर्थन फिर्ता लिए कांग्रेस नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ। त्यसपछि मधेसमा नयाँ सत्ता समीकरण बन्न सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
स्रोतका अनुसार मधेस केन्द्रित दलहरूले एमालेले कांग्रेसलाई सँग सहकार्य गरेर नयाँ सरकार गठनको गृहकार्य थालेका छन्। तर एमालेले कांग्रेसलाई निरन्तर समर्थन गरे वर्तमान सरकार जोगिन सक्ने आकलन पनि गरिएको छ।


प्रतिक्रिया