वीरगन्ज :

जेनजी आन्दोलनका घाइतेलाई अन्तिम अवसर: चैत २० मा वर्गीकरण तय

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
2.8kViews
1963 Shares

काठमाडौं,०६ चैत । जेनजी आन्दोलनका क्रममा घाइते भई अघिल्लो वर्गीकरण प्रक्रियाबाट छुटेका व्यक्तिहरूका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्तिम मौका दिने भएको छ। शुक्रबार जारी सूचनाअनुसार आगामी चैत २० गते घाइतेहरूको अन्तिम वर्गीकरण गरिनेछ। प्रशासनले विभिन्न कारणले अघिल्ला चरणमा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो प्रक्रिया सञ्चालन गर्न लागेको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार घाइतेहरूले सो दिन दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भई वर्गीकरण प्रक्रियामा सहभागी हुनुपर्नेछ। यस क्रममा उपचार तथा स्वास्थ्य परीक्षणसम्बन्धी सक्कल कागजात र जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ भने सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै मंसिर ५, मंसिर १२ र माघ १८ गते सञ्चालन गरिएका चरणहरूमा अधिकांश घाइतेहरूको वर्गीकरण सम्पन्न गरिसकेको छ। यसपटकको प्रक्रिया अन्तिम भएकाले छुटेका सबै घाइतेलाई अनिवार्य रूपमा सहभागी हुन प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *