वीरगन्ज :

नेरामावि नगवामा साइबर अपराधबारे सचेतनामूलक प्रशिक्षण सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
3.2kViews
1590 Shares

बीरगन्ज,११ जेठ । साइबर अपराधजस्ता गम्भीर डिजिटल जोखिमबारे विद्यार्थीहरूमा सचेतना फैलाउने उद्देश्यले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवा–१६ मा एकदिने सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा तथा वडा प्रहरी कार्यालय विर्ताको सहकार्यमा आइतबार सम्पन्न भएको हो।

प्रशिक्षणका प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक निरोज चौलागाईं थिए। उनले कक्षा ८ र ९ का विद्यार्थीहरूसँग संवाद गर्दै वृत्तचित्रको माध्यमबाट साइबर अपराधका विभिन्न प्रकार, त्यसका कारण हुने हानि, कानुनी दायराभित्रको सजाय तथा यस्ता अपराधबाट बच्ने उपायहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे।

चौलागाईंले विद्यार्थीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा सतर्कता अपनाउन, अनलाइन व्यवहार सुरक्षित राख्न र कुनै पनि शंकास्पद गतिविधिबाट सचेत रहन आग्रह गरे। प्रशिक्षणक्रममा विद्यार्थीहरूले जिज्ञासा व्यक्त गरेका प्रश्नहरूको सहज तरिकाले जवाफ दिँदै उनले साइबर सुरक्षा प्रति थप जागरूकता बढाएका थिए।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, तथा सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, शिक्षक सरिता खड्गी लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *