वीरगन्ज :

चार महिनामै शिक्षातर्फ विदेशियो झण्डै ४३ अर्ब

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.2kViews
1186 Shares

काठमाडौं,०१ पुस । देशभित्र विभिन्न विश्वविद्यालय र शैक्षिक संस्था सञ्चालनमा रहे पनि उच्च शिक्षाका लागि ठूलो मात्रामा रकम विदेशिने क्रम जारी रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फ मात्रै ४२ अर्ब ९६ करोड रुपैयाँ देश बाहिरिएको छ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै १० अर्ब रुपैयाँले बढी हो। गत आवको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा भ्रमण व्यय १६ दशमलव ४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ थियो।

यद्यपि भ्रमण आयमा पनि केही सुधार देखिएको छ। समीक्षा अवधिमा भ्रमण आय ८ दशमलव १ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो १७ अर्ब ७६ करोड रुपैयाँ थियो।

तर सेवा खाताको समग्र अवस्था भने कमजोर देखिएको छ। समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २३ अर्ब १ करोड रुपैयाँ घाटामा थियो। बढ्दो शैक्षिक तथा भ्रमण व्ययका कारण सेवा खातामाथि थप दबाब परेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *