वीरगन्ज :

सर्लाहीका २८ मौरीपालक किसानलाई घारसहित सामग्री वितरण

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.3kViews
1771 Shares

जनकपुर, ९ वैशाख । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीपालनमा प्रोत्साहन र व्यावसायिक विकासका लागि मौरीको घारसहित विभिन्न सामग्री वितरण गरिएको छ।

सोमबार आयोजित एक कार्यक्रममार्फत २८ जना मौरीपालक किसानलाई घारसहितका उपकरणहरू हस्तान्तरण गरिएको हो। वितरण कार्यक्रम नेपाल मौरीपालक किसान महासंघ सर्लाही र ग्रामीण उद्यम तथा विकास आयोजना (रिड) बर्दिवासको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमका उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाका अनुसार, परियोजनाले किसानलाई ४६ प्रतिशत अनुदानमा प्रति किसान १९ घार, १९ स्ट्याण्ड, १९ फिल्टर, एक थान टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा उपलब्ध गराएको हो।

महासंघ अध्यक्ष डम्बरदेव पाण्डेले जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानहरूलाई परियोजनाले समेटेको जानकारी दिए।

किसान हेमराज देवकोटाका अनुसार, सामूहिक रूपमा आधार चाका उत्पादन गर्नका लागि एक थान मेसिन पनि उपलब्ध भएको छ।

परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरिसकेको महासंघले जनाएको छ।

सामग्री वितरण हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले गरेकी थिइन्। उनले कार्यक्रमले किसानको आत्मनिर्भरता र दिगो आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *