वीरगन्ज :

संविधान र लोकतन्त्रको संरक्षणका लागि रौतहटमा कांग्रेसको प्रदर्शन

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.2kViews
1951 Shares

रौतहट, भदौ २६ । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाको मागसहित शुक्रबार रौतहट जिल्लाभर शान्तिपूर्ण प्रदर्शन सम्पन्न गरेको छ। पार्टीका विभिन्न तहका नेतादेखि कार्यकर्तासम्म उल्लेख्य संख्यामा सहभागी भएका थिए।

गरुडा बजारमा प्रदर्शनकारीहरूले संविधान बचाउनुपर्ने मागसहित मूल सडक परिक्रमा गर्दै प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए। उनीहरूले “संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर” भन्ने नारासमेत लगाएका थिए। कार्यक्रममा मेयर प्रत्यासी सुनिलकुमार यादव, उपमेयर प्रत्यासी पुनम कुमारी चौधरी, वृन्दावनका पूर्व मेयर रामसिनेही यादव, वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवलगायत जिल्ला र नगर तहका नेताहरू उपस्थित थिए। उनीहरूले संवैधानिक शासन निरन्तरता नै स्थायित्व र जनअधिकार सुरक्षित गर्ने आधार हुने बताए।

यस्तै, फतुवा विजयपुर नगरपालिकाको विजयपुर बजारमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा अर्को प्रदर्शन भएको थियो। उनले संविधानमाथि भइरहेको चुनौतीलाई गम्भीर बताउँदै भने, “संविधान च्यातिनु मात्र कागज फाट्नु होइन, यो हाम्रो संघर्ष, बलिदान र पहिचानमाथिको चोट हो।”

फतुवा विजयपुरका प्रदर्शनकारीहरूले पनि “संविधानको रक्षा गरौं, लोकतन्त्र बचाऔं, विदेशी हस्तक्षेप बन्द गर” भन्ने नारा लगाउँदै बजार परिक्रमा गरेका थिए। कार्यक्रममा कांग्रेसका निवर्तमान नगर प्रमुख गोपाल राय यादवले संवैधानिक सीमाभित्र रहेर समाधान खोज्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *