वीरगन्ज :

जेनजी आन्दोलनमा मारिएका व्यक्तिको शव परिवारलाई हस्तान्तरण सुरु

श्रेणी : प्रदेश

1 day
Pradeep Sah
1.7kViews
1238 Shares

काठमाडौं,२७ भदौ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। महाराजगञ्जस्थित मेडिकल क्याम्पसमा शव परीक्षण सम्पन्न भएसँगै पीडित परिवारलाई शव बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म देशभर ५१ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना, कोटेश्वर प्रभागमा कार्यरत एक जना प्रहरीसमेत छन्।

प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगका कारण २१ जनाको मृत्यु भएको छ भने आगजनी, भागदौड र करेन्ट लागेर १८ जनाले ज्यान गुमाएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *