वीरगन्ज :

जिल्ला प्रशासन कार्यालयद्वारा ट्याङ्करबाट आपूर्ति सुरु, पर्सामा खानेपानी अभाव चर्कियो

श्रेणी : BANNER

12 months
Pradeep Sah
2.1kViews
1929 Shares

बीरगन्ज,०१ साउन । पर्सामा खानेपानीको संकट गहिरिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि ट्याङ्करमार्फत पानी वितरण सुरु गरेको छ।

मधेश प्रदेश सरकारले उपलब्ध गराएको ट्याङ्करलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार परिचालन गरी आपूर्ति थालिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेनाको श्रीजंग गण, पर्साबाट खटिएका ट्याङ्करले बिहान ५ बजेदेखि राति १० बजेसम्म प्रभावित क्षेत्रमा पानी वितरण गर्नेछन्। खानेपानीको समस्या झेलिरहेका व्यक्तिहरू वा टोलका बासिन्दालाई तत्काल जानकारी दिन टोल फ्री हटलाइन ९८५५०१७९९७ मा फोन गर्न आग्रह गरिएको छ।

त्यस्तै, थप जानकारी र समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नम्बर ९८५५०७७७७७ मा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *