वीरगन्ज :

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशद्वारा ४ पत्रकार सम्मानित

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.9kViews
1179 Shares

वीरगंज (पर्सा), १८ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

बिहिवार महोत्तरीको बर्दीबासमा सम्पन्न महासंघ मधेश प्रदेशको पाँचौ प्रदेश सभाका अवसरमा रेडियो वीरगंज, टिभी वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष धुव्र साह, आर्थिक अभियान दैनिकका संवाददाता ओभप्रकाश खनाल, सामुदायिक रेडियो नारायणी एफएमका समाचार प्रमुख एवम् काराेबार दैनिकका संवाददाता निरज पिठाकोटे मगर र कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर सम्मानित भएका हुन् ।

मधेश प्रदेशको आर्थिक विकास र उद्योग वाणिज्य महासंघको हरेक गतिविधिमा सहकार्य गरी पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले दोसल्ला र कदर पत्रसहित सम्मान गरेका हुन् ।

टेमानीकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिाज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, अरूण प्रधान, हरि गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *