
श्रेणी : अर्थ
2.0kViews
1727
Shares
बीरगन्ज,२१ चैत । बारा प्रहरीले ३५ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रक, प्रहरी चौकी पथलैयाले गएराति रोकेर जाँच गरेको हो।
प्रहरी चौकी पथलैयाले बिलविजकको तुलनामा बढी सामान लोड गरिएको आशंका गर्दै ट्रक रोकेर चेकजाँच गर्दा, ३५ लाख ६४ हजार रुपैयाँ मूल्यका विभिन्न सामानहरू बरामद भएको थियो। बरामद गरिएका सामग्रीमा खुद्रा जुता, चप्पल, डाइपर, स्टेशनरी लगायतका सामग्रीहरू समावेश छन्।
ट्रक र बरामद सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

प्रतिक्रिया