
श्रेणी : प्रदेश
धनगढी, २१ पुस । कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित मौवारी सामुदायिक वनमा जंगली जनावर मार्ने उद्देश्यले थापिएको विद्यतीय धरापमा परेर २० वर्षीय युवक घाइते भएको घटनामा चार जना पक्राउ परेका छन् ।
गत भदौ महिनामा उक्त स्थानमा विद्यतीय तार बिछाएर थापिएको धरापमा परेर घाइते भएका आदित्य चौधरीलाई उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घटनामा संलग्न ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरेको र उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बताएका छन् ।
यो घटनाले स्थानीयवासीको बीचमा चासो र चिन्ता पैदा गरेको छ, र जंगली जनावर मार्नका लागि प्रयोग गरिएका विधिहरूको कडा विरोध भइरहेको छ ।


प्रतिक्रिया