![](https://birgunjreport.com/wp-content/uploads/2025/01/pabson-parsa.webp)
श्रेणी : मधेस
बीरगन्ज,२० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पर्साको १६ औं जिल्ला अधिवेशन आइतबार बीरगन्जको भिस्वा होटलमा हुने भएको छ। अधिवेशनबाट प्याब्सन पर्साको नयाँ नेतृत्व चयन गरिनेछ। यस पटकको नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष सरोज चौधरी र उपाध्यक्ष शिव गुप्ताबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
प्याब्सन पर्साको नेतृत्व विगतमा सहमतिको आधारमा चयन हुँदै आएको थियो। तर, यसपटक सहमति हुन नसकेकाले निर्वाचनको सम्भावना बलियो बनेको छ। यदि सहमति कायम भएमा पदीय मर्यादाअनुसार बरिष्ठ उपाध्यक्ष सरोज चौधरी अध्यक्ष पदका लागि स्वतः चयन हुनेछन्। तर, हालसम्म सहमति कायम हुन नसकेकाले चौधरी र गुप्ता दुवै पक्षले चुनावी तयारी तीव्र पारेका छन्।
प्याब्सन पर्साको कूल सदस्य संख्या ५१ रहेको छ, जसमध्ये ४८ जनालाई मतदानको अधिकार प्राप्त छ। तीन जना नयाँ थपिएका सदस्यहरू भने यसपटक पर्यवेक्षकको रूपमा रहनेछन्। निर्वाचन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुनेछ, जसले संगठनलाई अझ मजबुत र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
प्याब्सको बिवाद सहतमा
यस पटकको प्याव्सको निर्वाचनलाई महत्वको साथ हेरिएको छ । यसअघि सहमतीकै अधार नेतृत्व छान्दै आएको प्याव्स नेतृत्वको विवाद यस पटक भने सहतमा आएको छ । यसअघि प्याव्सले बरिष्ठ उपाध्यक्षलाई प्रोटोकलको अधारमा नेतृत्व हस्तान्तरण गर्दै आएको थियो । यस पटकले भने दुई जनाले नेतृत्वमा दावी गरेपछि प्याब्स चुनावी प्रक्रियामा होमिएको छ ।
अध्यक्षका अकांक्षी दुवै उम्मेदवार योग्य रहेको भएपछि सहमतीय प्रणालीबाटै नेतृत्व छान्नु पर्ने अधिकांश स्कुलका संचालक तथा प्रअहरुको भनाई छ ।
निर्वाचनबाट नेतृत्व टुङ्गो लगाइएको खण्डमा गुटको विकास गर्ने उनीहरुको बुझाई छ । यसको लागि वर्तमाण अध्यक्षले नै भुमिका खेल्नु पर्ने उनीहरुको भनाई छ । लामो समयपछि बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष दुवैले नेतृत्वमा दावी गरेपछि निर्वाचनबाटै नेतृत्व टुङ्गो लगाउँने बाध्यात्मक स्थितीमा प्यब्स पर्सा खडा भएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया