श्रेणी : मधेस
पोखरिया, असोज ७ गते। पोखरिया नगरपालिका–८, जगतपुरस्थित अस्पतालमा बुधबार तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा २२८ जनाको निःशुल्क आँखा चेकजाँच तथा औषधी बितरण गरिएको थियो। परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूको निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने आयोजकले जनाएको छ।
शिविरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, लायन्स क्लब अफ पोखरिया, तथा श्री टैरी माई युवा क्लब जगतपुर–मननपुरको सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्दा प्रसाद कानु, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानी, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष पियुष दारूका, उपाध्यक्ष बी.कि. दारूका तथा श्री टैरी माई युवा क्लबका अध्यक्ष अभिषेक सर्राफलगायतको उपस्थिति रहेको थियो।
आयोजकहरूले स्थानीय नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया