वीरगन्ज :

समाजवादी प्रेस संगठन पर्साको नेतृत्वमा सुमनको कमिटीलाई आधिकारिक मान्यता

श्रेणी : BANNER

12 months
Pradeep Sah
3.1kViews
1706 Shares

वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन नेतृत्वको कमिटीले संगठनको आधिकारिक मान्यता प्राप्त गरेको छ।

संगठनको २०८२ जेठ २ गते बसेको केन्द्रीय कार्यालय बैठकले सुमन नेतृत्वको जिल्ला कमिटीलाई नै वैधानिक र आधिकारिक समिति घोषित गरेको हो। बैठक समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

पर्सा जिल्लामा देखिएको संगठनात्मक विवाद समाधान गर्न वरिष्ठ उपाध्यक्ष नवराज छत्कुल्लीको संयोजकत्वमा गठन गरिएको विवाद व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनको आधारमा उक्त निर्णय गरिएको हो।

उक्त प्रतिवेदनले २०८० माघ १२ गते पर्सा जिल्लामा सम्पन्न अधिवेशनमा सर्वसम्मत रूपमा निर्वाचित अध्यक्ष सुमन नेतृत्वको कमिटीलाई वैधानिक मान्यता दिन सिफारिस गरेको थियो। अधिवेशनमा तत्कालीन संगठन पदाधिकारीहरू र पार्टीको जिल्ला नेतृत्वसमेतको सहभागिता रहेको थियो।

संगठनका महासचिव रोहित दाहालले बुधबार उपाध्यक्ष एवं मधेश प्रदेश इञ्चार्ज सुभाष प्रसाद साह, केन्द्रीय सचिव वृजलाल पासवान तथा पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनलाई पत्र लेख्दै सोही निर्णयको जानकारी दिएका छन्। पत्रमा संगठनको गतिविधि सोही आधिकारिक कमिटीमार्फत सञ्चालन गर्न र गराउन निर्देशन दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *