वीरगन्ज :

पोखरामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

श्रेणी : समाचार

3 years
birgunj report
14Views
0 Shares

काठमाडौं, भदौ ३० गते
कास्कीको पोखरा महानगरपालिका–३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका–३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।

हिजो साँझ सवा ६ बजे ग१ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *