वीरगन्ज :

लागूऔषध गाँजासहित दुई भारतीय बारा प्रहरीको नियन्त्रणमा

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
Pradeep Sah
2.7kViews
1403 Shares

वीरगन्ज, ०३ पुस । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १५ किलो लागूऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मगलबार ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र. ब. ना. नि. तेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका– २१ ऋमलेखगंज स्थित हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बिआर २२ जे ५३३३नम्बरको भारतीय नम्बर प्लेटको कारलाई रीतपुर्वक चेकजाँज गर्दा कार भित्र विचको सितमुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई लगीरहेको १२ किलो गाजासहित दुई जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पूवर्भििचम्पारण, मोतिहारी थाना गोविनगंज ग्राम पंचायत मुरा वडा न.ं १४ चण्डीस्थान बस्ने अ.ं वर्ष २६ को अखिलेश कुमार साह र सोही ठाउँ बस्ने अ.ं वर्ष १९ को राजकुमार पासवान रहेका छन् ।

पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक बलराम श्रेष्ठले एनपीडिलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *