
श्रेणी : अर्थ
47Views
0
Shares
काठमाडौँ । संसदीय समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । मंगलबार बसेको संसदको अर्थ समितिले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्न निर्देशन दिएको हो ।
यसअघि समितिले जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । तर मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँगको छलफलपछि यसअघिको निर्णय सच्याउँदै अर्थ समितिले लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णण गरेको हो ।


प्रतिक्रिया