काठमाडौं,२४ साउन । खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा महँगोमा बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई खाना पकाउने ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले निगरानी तथा अनुगमन गरेको थियो। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुगमनका क्रममा प्रहरीले उनको साथबाट ३ थान एलपी ग्यास सिलिन्डर समेत नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया