वीरगन्ज :

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पर्सामा २ जना पक्राउ

श्रेणी : अपराध

11 hours
Pradeep Sah
1.6kViews
1077 Shares

बीरगन्ज,१७ साउन । पर्सा प्रहरीले स्रोत खुलाउन नसकेको दुई लाख ९ हजार ५०० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले शनिबार जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुलामा बसोबास गर्दै आएका ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय ५०० दरका ३१६ थान, २०० दरका ७५ थान र १०० दरका ३६५ थान नोट बरामद भएको छ। बरामद रकमको कुल मूल्य दुई लाख ९ हजार ५०० भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद नगद, मोटरसाइकल तथा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *