वीरगन्ज :

सीमावर्ती क्षेत्रका बासिन्दालाई राहत, १ सय रुपैयाँको खरिद सीमा विस्तार गरिने

श्रेणी : BANNER

8 hours
Pradeep Sah
2.4kViews
1459 Shares

बीरगन्ज,२९ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा नाकाबाट भन्सार शुल्क नतिरी सामान ल्याउन पाइने हालको १०० रुपैयाँको सीमा बढाउने संकेत दिएका छन्।

मंगलबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले अहिलेको व्यवस्थाका कारण अनावश्यक सास्ती भोग्नुपरेको स्वीकार गर्दै सरकारले नियम संशोधनको तयारी गरिरहेको बताएका हुन्।

हाल लागू व्यवस्थाअनुसार भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था छ। यसले दैनिक उपभोगका सामान्य सामान ल्याउने स्थानीय बासिन्दा समेत प्रभावित भएका छन्।

अर्थमन्त्री वाग्लेले उक्त व्यवस्था वर्तमान सरकारले ल्याएको नभई अघिल्लो नीतिको निरन्तरता भएको स्पष्ट पार्दै जनजीवन सहज बनाउने गरी सीमा पुनरावलोकन गरिने बताए।

तर उनले घरायसी सामानको नाममा बारम्बार ओहोरदोहोर गर्दै अवैध रूपमा सामान भित्र्याउने गतिविधिमाथि भने कडा निगरानी गरिने चेतावनी दिए। उनका अनुसार राजस्व चुहावट र तस्करी नियन्त्रणमा सरकार “निर्मम” रूपमा प्रस्तुत हुनेछ।

सरकारको यो तयारीलाई सीमावर्ती क्षेत्रका नागरिकका लागि राहतको रूपमा हेरिएको छ भने साना व्यापारी र उपभोक्ताले समेत यसप्रति चासो व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *