श्रेणी : BANNER
1.8kViews
1673
Shares
वीरगञ्ज । वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) अगाडिको नालामा नवजात शिशुको शव फेला परेको छ।
मंगलबार सीडीओ कार्यालयअगाडिको नालामा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ।
नवजात शिशुको शव नालामा कसरी पुग्यो र कसले त्यहाँ छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नवजात शिशुको शव सीडीओ कार्यालयजस्तो संवेदनशील स्थानअगाडि फेला परेपछि स्थानीय क्षेत्रमा समेत चासो र चिन्ता बढेको छ।

प्रतिक्रिया