श्रेणी : BANNER
बीरगन्ज,०४ असार । त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक अतिक्रमण हटाउने तयारी गरिएको छ।
सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका स्थायी तथा अस्थायी घर–टहरा हटाउने कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो।

डिभिजन प्रमुख किरण कार्कीद्वारा हस्ताक्षरित पत्रअनुसार आगामी असार ७ गतेदेखि उक्त क्षेत्रमा सडक सीमा खाली गराउने अभियान सञ्चालन गरिनेछ।
सडक विस्तार तथा यातायात व्यवस्थापनलाई सहज बनाउन थालिएको अभियानमा महानगर, स्थानीय प्रशासन र सरोकारवाला निकायको समन्वय रहने जनाइएको छ। सडक सीमा क्षेत्रमा रहेका संरचनाधनीलाई समयमै आवश्यक तयारी गर्न समेत आग्रह गरिएको छ।


प्रतिक्रिया