वीरगन्ज :

सार्वजनिक यातायातको भाडा वृद्धि: वीरगन्जबाट मुख्य गन्तव्यहरूको नयाँ भाडा दर कति?

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.1kViews
1937 Shares

बीरगन्ज,२२ पुस । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी भाडा दरमा ३.३० प्रतिशतको वृद्धि गरेको जानकारी दिएको छ।

मालबाहक सवारीका लागि पनि भाडा समायोजन गरिएको छ। पहाडी क्षेत्रका मार्गमा ०.८१ प्रतिशत र तराई–मधेसका मार्गमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको छ।

यातायात विभागले विज्ञप्ति जारी गर्दै इन्धन, टायर, सञ्चालन खर्च, श्रमिकको पारिश्रमिक, र अन्य विभिन्न कारकहरूको मूल्यवृद्धि मूल्यांकन गर्दै भाडा समायोजन गरिएको बताएको छ। यससम्बन्धी निर्णय नेपालको संविधान र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को आधारमा गरिएको हो।

ठ्याक्कै नयाँ भाडा दर अद्यावधिक विवरणको लागि सम्बन्धित कार्यालय वा यातायात व्यवसायीसँग सम्पर्क गर्नुहोला।

सरकारले विगतका भाडा दर समायोजन गर्दा इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकांकलाई ६५ प्रतिशत आधार मानेको थियो। यसपटक पनि त्यही मापदण्डमा आधारित भाडा समायोजन गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *