वीरगन्ज :

वीरगन्जस्थित किंग्स क्यासिनोले प्राप्त गर्‍यो ‘उत्तम’ खाद्य स्वच्छता प्रमाणपत्र

श्रेणी : BANNER

5 hours
Pradeep Sah
2.6kViews
1208 Shares

बीरगन्ज,०३ असार । संयुक्त बजार अनुगमन टोलीले बीरगन्जका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गर्ने क्रममा किंग्स क्यासिनो लाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र प्रदान गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बीरगन्ज को नेतृत्वमा सम्पन्न अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, बीरगन्ज उद्योग वाणिज्य संघ तथा उपभोक्ता हित संरक्षण मञ्च का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमन टोलीले आदर्शनगरस्थित सिद्धार्थ दियालो होटल परिसरभित्र सञ्चालित क्यासिनोको सरसफाइ अवस्था र खाद्य सामग्रीको गुणस्तर परीक्षण गरेको थियो। परीक्षणका क्रममा क्यासिनोले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेको पाइएको कार्यालयले जनाएको छ।

मापदण्डअनुसार सरसफाइ र खाद्य सुरक्षाको अवस्था सन्तोषजनक देखिएपछि क्यासिनोलाई ‘उत्तम’ स्तरको प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यालयका अनुसार उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले यस्ता बजार अनुगमन कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *