वीरगन्ज :

विराटनगरमा अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
3.1kViews
1878 Shares

विराटनगर,१६ असार । विराटनगरमा अपहरण र लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का करिब २५ वर्षीय तासिब अन्सारी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

प्रहरीका अनुसार, तीन जनाको समूहले आफूलाई प्रहरी भन्दै एक व्यक्तिलाई अपहरण गरी लुटपाट गरेका थिए। पीडितलाई लुटपाट गरेपछि ती समूहले छाडेको जनाइएको छ। घटनापछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो, जसअनुसार दुई जनालाई पक्राउ गरिएपनि एक जना अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा डकैतीसम्बन्धी अभियोगमा कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *