वीरगन्ज :

रामकुमारी झाँक्री एमालेमा फर्किँदै, आज पत्रकार सम्मेलन हुँदै

श्रेणी : प्रदेश

9 months
Pradeep Sah
2.0kViews
1326 Shares

काठमाडौँ,१९ कातिक । नेकपा माओवादी केन्द्रसहितका बाम घटकबीच एकता प्रक्रिया अघि बढिरहेका बेला नेकपा (एकीकृत समाजवादी) भित्रको असन्तुष्ट समूहले आज पत्रकार सम्मेलन गर्दै एमालेमा फर्कने घोषणा गर्न लागेको छ।

पूर्वमन्त्री रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले बिहान १० बजे काठमाडौँको बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। सो कार्यक्रमबारे जानकारी दिँदै पूर्वमन्त्री किसान श्रेष्ठले आफूहरू एमालेमा फर्कने निर्णय सार्वजनिक गर्न लागिएको बताए।

‘हामी एमालेमा पुनः फर्कने समूहका रूपमा आज पत्रकार सम्मेलन गर्दैछौँ,’ श्रेष्ठले भने।

यसैबीच, आजै माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ वटा वाम दलहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको घोषणा गर्न लागेका छन्। सो पार्टी एकता प्रक्रियामा सहभागी नहुने समूहका रूपमा झाँक्री पक्षको यो कदमलाई महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *