वीरगन्ज :

मिथिला समाज विकास मञ्च द्वारा ३३ जनाले गरे रक्तदान

श्रेणी : BANNER

10 months
Pradeep Sah
1.9kViews
1816 Shares

काठमाडौं, साउन ३। मिथिला समाज विकास मञ्चको आयोजनामा, केसी एमआइटी कलेजको सहयोग र नेपाल रेडक्रस सोसाइटी बागबजार शाखाको समन्वयमा आज केसी एमआइटी कलेज परिसरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि हेमशंकर भण्डारीज्यू रहेका थिए।
विशिष्ट अतिथिका रूपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु डंगोल ज्यू तथा अतिथिका रूपमा संस्थाका शुभचिन्तक सुनिल कुमार माली भण्डारी ज्यू रअबिस्मी न्यौपानेज्यूको उपस्थिति रहेको थियो।

जम्मा ३३ जना रक्तदाताहरूले यो मानवतामूलक कार्यमा सहभागिता जनाएका छन्। कार्यक्रम सफल बनाउन सुरुदेखि अन्त्यसम्म समर्पित भई प्राविधिक सहयोग पुर्‍याउने संस्थाका शुभचिन्तक मुकेश कुमार यादवको योगदान उल्लेखनीय रहेको छ।

यस अवसरमा कार्यक्रममा सक्रिय रूपमा खटिने स्वयंसेवकहरूलाई सम्मानस्वरूप टिसर्ट वितरण गरिएको थियो।

समापन मन्तव्यमा अध्यक्ष माली भण्डारीले भने, “रक्तदान केवल स्वास्थ्य सेवामा मात्र होइन, मानवीय सेवामा पनि अमूल्य योगदान हो। समाजका सबै तहका व्यक्तिहरूले यस्ता अभियानमा सक्रिय सहभागिता जनाउनु पर्छ।”

यस किसिमका कार्यक्रमहरू सामाजिक एकता, सेवा भावना र मानवीय जिम्मेवारी बोध गराउने प्रेरणाका स्रोत हुन् भन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *