वीरगन्ज :

मकवानपुर पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.6kViews
1359 Shares

मकवानपुर, १९ चैत्र । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा डुबेर तीन बालकको मृत्यु भएको छ। सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई उद्धार गरी उपचारका लागि लगिए पनि बचाउन सकिएन।

मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय सुशान्त आचार्य, काभ्रेको नमोबुद्ध नगरपालिका–१० फुलबारी दाप्चाका १४ वर्षीय प्रवेश घोरासैनी र उनका ११ वर्षीय भाई प्रभात घोरासैनी रहेका छन्।

डुबेर अशक्त बनेका उनीहरूलाई तत्काल उद्धार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा तिनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *