वीरगन्ज :

ब्राउन सुगरसहित दुई जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
3.0kViews
1631 Shares

कपिलवस्तु, ३१ जेठ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट झण्डै १८९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध कारोबार भइरहेको भन्ने गुप्त सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि अधिकारीका अनुसार पक्राउ परेकामा मायादेवी–३, खैराटीका २८ वर्षीय विनोदकुमार पाण्डे र मायादेवी–८, नन्दनगरका ३५ वर्षीय श्यामसुन्दर यादव छन्।

भैरहवास्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले लु. ९५ प. ६०८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो। जब्ती गरिएको पदार्थको तौल १८८.९५ ग्राम रहेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानबाट यो कारोबार अन्तरजिल्ला नेटवर्कसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *