वीरगन्ज :

बुहारीको हत्या गरी फरार आमा ४ वर्षपछि पक्राउ

श्रेणी : BANNER

2 years
Pradeep Sah
3.0kViews
1236 Shares

रौतहट,२९ पुस । आफ्नै बुहारीको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन्।

२०७७ साल जेठ ८ गते सायरा खातुनले आफ्नै छोरा मोहम्मद इन्ताज चुडिहारकी पत्नी २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेको आरोप छ। हत्या गरेपछि खातुन फरार रहँदै आएकी थिइन्।

गढीमाई नगरपालिका-२, समनपुरबाट गोप्य सूचनाको आधारमा रौतहट जिल्ला प्रहरी कार्यालयको टोलीले पुस २६ गते खातुनलाई पक्राउ गरेको हो। रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

२२ वर्षीया निसनारा खातुनको हत्या घरेलु विवादका कारण भएको आशंका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *