वीरगन्ज :

बीरगन्ज महानगरपालिकाद्वारा चिसो मौसममा राहत

श्रेणी : मधेस

2 years
Pradeep Sah
3.1kViews
1205 Shares

बीरगन्ज,१० माघ । बिहीबार बिहान देखिएको घना कुहिरो र चिसो मौसमका कारण बीरगन्ज महानगरपालिकाले विभिन्न स्थानहरूमा दाउरा बालेर स्थानीय बासिन्दा, यात्रु, र बिरामीका कुरुवाहरूलाई जाडोबाट राहत प्रदान गरेको छ ।

महानगरपालिकाले नारायणी अस्पताल, घण्टाघर चौक, माईस्थान चौक, मालपोत चौक, श्रीराम हल चौक, महावीर मन्दिर चौक, इदगाह चौक, छपकैया मस्जिद अगाडि, छपकैया कालिमन्दिर अगाडि, नयाँ बसपार्कका दुई स्थान, मुर्लि मस्जिद, मुर्लि नयाँ टोला मस्जिद चौक, मुर्लि नयाँ टोला शिव मन्दिर नजिक, नगवा चौक, पुरानो बसपार्क, बहिपुल चौक, प्रतिमा चौक, स्विमिङ पुल चौक, राधे राधे अपार्टमेन्ट चौक, पावर हाउस चौकसहित कुल २४ स्थानमा दाउरा बाल्ने व्यवस्था गरेको हो ।

यस पहलले विशेष गरी गाउँगाउँबाट बीरगन्ज प्रवेश गर्ने यात्रु, चिसोका कारण कष्ट भोगिरहेका बटुवा, र अस्पतालका बिरामीका कुरुवाहरूलाई ठूलो राहत मिलेको देखिएको छ ।

बीरगन्ज महानगरपालिकाले जाडो मौसमको कठोरता कम गर्न नागरिकलाई सहयोग पुर्‍याउन यस्ता कदम चालिरहेको छ । आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य राहतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *